गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते गाडीधनीको पनि मृत्यु

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका गाडीधनी महेन्द्र ओलीको पनि मृत्यु भएको छ।

दाङबाट रोल्पा जाँदै गरेको रा.१ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा गम्भीर घाइते भएका गाडीधनी सल्यान छत्रेश्वरी गाउँपालिका– ६ राणागाउँ निवासी अन्दाजी ३७ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा वलीको मृत्यु भएको हो। दाङबाट रोल्पा जाँदै गरेको वसमा कपुरकोट गाउँपालिका– ३ चोरखोलामा करेन्ट लाग्दा बसमा सवार रोल्पाको गंगादेव गाउँपालिका– ४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षीय टोपलाल डाँगीको मृत्यु भएको थियो। सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युतको तारले गाडीको पछाडिको भागमा छुँदा करेन्ट लागेको प्रहरीले बताएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?