दूधपोखरी चेपेमा वाणिज्य बैंकको लगानी

Read Time = 2 mins

काठमाडौं । गोर्खाको दूधपोखरी चेपे जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब १९ करोड लगानी गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दूधपोखरी चेपेका अध्यक्ष सविन प्रधानांगले लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार आयोजनाको कुल लागतमा बैंकले ७० प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी ३० प्रतिशत आयोजनाले नै लगानी गर्नेछ । दूधपोखरी चेपे जलविद्युत् आयोजना ८.८५६ मेगावाट रहेको अध्यक्ष प्रधानांगले जानकारी गराउँदै आयोजनाका लागि आवश्यक सडक एवं प्रसारण लाइनको काम ९० प्रतिशत सम्पन्न भइसकेको बताउनुभयो ।

आयोजनामा १७ सय ५५ मिटर लामो हेडरेस सुरुङ र ३१ सय १९ मिटर लामो पेनस्टक निर्माण हुने आयोजनाका जनसम्पर्क अधिकृत प्रदिपराज गिरीले जानकारी दिनुभयो । आयोजना पूरा भएपछि वार्षिक ५६.१९ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने, हिउँदमा १९.२८ गिगावाट प्रतिघण्टा र वर्षातमा ३६.९१ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत् २८ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको लमजुङस्थित कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षमा सम्पन्न हुने बताइएको छ । स्वदेशी लगानीमै निर्माण हुने दूधपोखरी चेपे जलविद्युत् आयोजना २०८१ को जेठसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?