काठमाडौं । निकै उत्साहका साथ विद्युतीय सवारी सञ्चालन गर्दै आएको सुन्दर यातायातले विद्युतीय चार्जिङ स्टेसन र विद्युतीय गाडी सोमबारदेखि बन्द गर्ने भएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार र विद्युत् प्राधिकरणको असहयोगका कारण चार्जिङ स्टेसन र विद्युतीय सवारीसाधन बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
काठमाडौंलगायत देशका ठूला शहरमा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको सुन्दरले विद्युत् सवारीलाई सरकारले असहयोग गरेको आरोपसमेत लगाएको छ । कम्पनीले सरकार र प्राधिकरणलाई २४ घण्टे अल्टिमेटम दिँदै २४ घण्टाभित्र डिमाण्ड शुल्क नहटाए बाध्य भएर चार्जिङ स्टेसन र विद्युतीय सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको छ । सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले विद्युत् खपत बढाऊँ भनी सरकारले नाटकीयरूपमा आहृवान गर्ने र आफ्नो निर्णय आफैं कार्यान्वयन नगरी जनतालाई विद्युतीय सवारीसाधन सञ्चालनमा रोक्ने गरेको आरोप लगाउनुभएको छ ।
प्राधिकरणले एक सय ४२ किलोवाट मेसिनबाट तीन स्थानमा चार्ज गर्दै आएको छ भने सुन्दर यातायातले हाल एक सय ९० किलोवाटका १२ वटा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ । अध्यक्ष थापाले भन्नुभयो, ‘प्राधिकरणले डिमाण्ड शुल्क धेरै लिएपछि चार्जिङ स्टेसनको खर्चसमेत धान्न नसक्ने अवस्था आएको छ, हामीले खर्च धान्न सकेनौँ, भोलिबाट चार्ज गर्न नआउन सूचना नै जारी गरिसक्यौँ ।’ सुन्दरले हाल काठमाडौं उपत्यकाभित्र छवटा ठूला विद्युतीय गाडी र दुईवटा हाइस सञ्चालन गर्दै आएको छ भने जनकपुर, भैरहवा, विराटनगर, काँकडभित्तामा चार-चारवटा गरी १८ ठूला विद्युतीय बस, दुई थान हाइस गरी २० वटा विद्युतीय गाडी सञ्चालन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच