भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को मनाइँयो ७३औं स्थापना दिवस

Read Time = 2 mins

काठमाडौं । भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ७३औं स्थापना दिवस काठमाडौंमा मनाइएको छ । बुधबार काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा शास्त्रीय संगीतसहत स्थापना दिवस मनाइएको हो ।

भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का पूर्वछात्रहरूको बीचमा मित्रतालाई प्रगाढ बनाउने उद्देश्यसहित स्थापना दिवसको अवसरमा शास्त्रीय संगीतसहित मनोरञ्जन गरिएको थियो । कार्यक्रमको उद्घाटन दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले गर्नुभएको थियो । सो अवसरमा नेपालका अभिनेता पुष्प खड्कासमेत सहभागी हुनुभएको थियो । कार्यक्रममा कलाकारहरूले विभिन्न विधाका शास्त्रीय संगतीहरूले दर्शकलाई मनोरञ्जन दिएका थिए ।

सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास लिइएको छ । कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थी, शिक्षकहरूका साथै कलाकारहरूद्वारा शास्त्रीय रागहरूलाई प्रस्तुत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?