प्रकोपबाट पशुपंक्षिको क्षति भएका कृषकलाई प्रदेश सरकारको ८ लाख राहत

हिमालय टाइम्स
Read Time = 3 mins

-विजय रावत

जुम्ला । जुम्लामा प्राकृतिक प्रकोपबाट क्षति भएका पशुपंक्षीको लागि कर्णाली प्रदेश सरकाबाट ८ लाख राहत वितरण गरिने भएको छ । जिल्ला स्तरीय राहत वितरण समितिको बैठकमा प्रदेश सरकारबाट प्राप्त भएको राहत कार्यविधि अनुसार ८ लाख रुपैयाँ राहत उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले जानकारी दिनुभयो ।

जिसस प्रमुख गौरी नन्द आचार्यको प्रमुख आतिथ्यमा बसेको जिल्ला स्तरको बैठकले पशुसेवा तथा पशु अस्पताल कार्यालय जुम्लाले कार्यविधि अनुसार तयार पारेको राहत उपलब्ध गराउने निर्णय भएको प्रजिअ प्रसाईले भन्नुभयो,“ पशुसेवा कार्यालय जुम्लाले आर्थिक वर्ष २०७८÷०७९ मा गत २०७८ साउनदेखि हालसम्म क्षति भई प्रहरीको मुचुल्का अनुसार पुष्टि भई आएका भेडा, बाख्रा, गाईगोरु, कुखुरा, माछा पोखरीमा क्षति भएका जिल्लाका किसानलाई राहत दिइने प्रजिअ प्रसाईले बताउनुभयो ।”

राहत मापदण्ड अनुसार कार्यालयलाई आएको नौ लाखमध्ये आठ लाख बितरण गर्ने निर्णय भएको छ । एक लाख भने असार अन्तिम सम्ममा केही क्षति भएमा वितरण गरिने पशु सेवा कार्यालयका प्रमुख गोविन्द बहादुर महतले जानकारी दिनुभयो । कार्यालय प्रमुख महतका अनुसार २०७८ कार्तिक २ गते प्राकृतिक प्रकोपले सवैभन्दा बढी क्षति भएका तातोपानी गाउँपालिका – ७ का किसानका भेडाको क्षति भने संघीय सरकारले राहत दिने भएको छ ।

ताम्ति क्षेत्रका ९ जना किसानका १ सय ४३ भेडा अविरल वर्षा र बाढीले बगाएर नष्ट भएका थिए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले किसानलाई सानो राहत भएपनि उपलब्ध गरिने बताउनुभयो । लामो समय देखिको प्रयासमा किसानले पाउने पशुपंक्षीको राहतका लागि निर्णय भएको र चाडै किसानको खातामा हाल्न कार्यालयलाई निर्देशन गरेको प्रशासनले जनाएको छ । पशु पशुसेवा कार्यालयले गत आर्थिक बर्षमा रु १४ लाख राहत बितरण गरेको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?