काठमाडौं । नेपाल एपिएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । एपिएफले साबिक विजेता सुदूरपश्चिम प्रदेशमाथि नौ विकेटको सानदार जित निकाल्यो । जितका लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६.१ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४८ बलमा नौ चौकासहित सर्वाधिक ४९ रन बनाउनुभयो । इन्दु बर्माले ४४ बलमा चार चौकासहित ३१ रनको अविजित पारी खेल्नुभयो । सुदूरका लागि ईश्वरी विष्टले एक विकेट लिनुभयो ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ८७ रन बनाएको थियो । सुदूरका लागि कविता जोशीले २७ बलमा दुई चौका र एक छक्कासहित २२, सम्झना खड्काले १२ रन बनाउनुभयो । त्यसबाहेकका खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
एपिएफका लागि सोनु खड्काले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिनुभयो । सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले १९१ विकेट लिनुभयो । यस्तै बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितका लागि ११८ रनको विजयी लक्ष्य पछ्याएको मधेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८९ रनमात्रै बनाउन सक्यो ।
मधेशका लागि पूजा महतोले ४५ बलमा चार चौकासहित ३५ रन बनाउनुभयो । ओपनर अनुराधा चौधरी २८ बलमा तीन चौकासहित २१, एलिसा यादव चार, साना प्रविन शून्य, प्रतिमा शाह १४, सरस्वतीकुमारी चौधरी दुई र रोजी कडारीले पाँच रन बनाउनुभयो ।
बागमतीकी अश्मिना कर्माचार्यले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिनुभयो । मनिषा उपाध्यायले चार ओभरमा १२ रन खर्चेर १ विकेट लिनुभयो । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११७ रन बनाएको थियो ।
बागमतीको जितमा मध्यक्रमकी ब्याटर यशोदा विष्टले ३९ बलमा ६ चौकासहित ४७ रनको अविजित इनिङ खेल्नुभयो । अश्मिना कर्माचार्य ३१ बलमा तीन चौकासहित ३० रनमा अविजित रहनुभयो ।
पाँचौँ विकेटका लागि अश्मिना र यशोदाले ७२ रनको अविजित साझेदारी गर्दै उक्त योगफल बनाउनुभएको थियो । ओपनर हेलिसा गुरुङ १२, कञ्चन श्रेष्ठ आठ, अश्मिता खरेल डक र सोनी पाख्रिन ३ रनमा आउट हुनुभयो । मधेशका लागि पूजा महतोले चार ओभरमा एक मेडनसहित १५ रन खर्चेर दुई विकेट लिनुभयो ।
त्यस्तै कविता गौतमले एक विकेट लिनुभयो । बागमतीले दोस्रो खेलमा शुक्रबार कोशीसँग खेल्नेछ । उता मधेशले दोस्रो खेल नेपाल एपिएफ क्लबसँग खेल्नेछ ।
सन्दीपको उत्कृष्ट बलिङ
कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएपछि पर्सा क्लब-११ फुटबल क्लबले प्रो क्लब च्याम्पियनसिपमा उत्तरप्रदेश क्लब ११ माथि एक विकेटको रोमाञ्चक जित हात पारेको छ । जितका लागि ६७ रनको सामान्य लक्ष्य पछ्याएको पर्साले १६.३ ओभरमा नौ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पर्साको जितमा अनिलकुमार शाहले २१ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक १८ रन बनाउनुभयो ।
पवन सर्राफ डक र सन्दीप लामिछानेले १२ रन बनाउनुभएको थियो । उत्तरप्रदेशका भीम शर्मा, ठाकुर कुमार र वाशी अन्सारीले समान दुई विकेट लिनुभयो ।
त्यसअघि नारायणी क्रिकेट ग्राउण्ड वीरगञ्जमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको उत्तरप्रदेश ११ ले १६ ओभरमा सबै विकेट गुमाउँदै ६६ रन बनाएको थियो । उत्तरप्रदेशका लागि ठाकुर र जयदेव सिंहले समान १२ रन बनाउनुभयो । समिर अन्सारीले २२ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २४ रन बनाउनुभयो ।
पर्साका सन्दीप लामिछानेले चार ओभरमा एक मेडनसहित २९ रन खर्चेर तीन विकेट लिनुभयो । पवन सर्राफ, रञ्जित कुमार र रूपेश सिंहले समान दुई विकेट लिनुभयो । प्रतियोगितामा तीन विभागीयसहित पर्सा, उत्तरप्रदेश वोन्डेर्स क्लब नोयडा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच