गोकर्णश्वरमा डीप बोरिङ गर्दा पानीको फोहोरासँगै लेदो निस्किँदा स्थानीय त्रसित

Read Time = 2 mins

-पुरुषोत्तम घिमिरे
काठमाडौं । मंगलबार दिउँसो गोकर्णश्वर नगर पालिका वडा न ५ लोसेटारमा पानीको डिप बोरिङ गर्दा पानीको फोहोरासँगै लेदो निस्किँदा स्थानीय त्रसित बनेका छन् । ३६० फिट गहिराइबाट निस्केलेको पानीसँगैको लेदो पदार्थ देखेर स्थानीय डराएका हुन् । त्यसपछि स्थानीयले तत्काल महानगरीय प्रहरीवृत बौद्वमा खबर गरेका थिए ।

खवर पाएसँगै प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो । बिहान ११ बजेतिर पानीको लेदो सहितको फोहोरा निस्केको स्थानीय रोहित पराजुलीले बताउनु भयो ।

११ बजे तिर निस्केको उक्त फोहोरा मिथेन ग्यास भएको भुगर्भ विभाग ग्यास शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले जानकारी गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘काठमाडौंको जमिनमुनि चटान छैन । जमिनमुनि कहि कतै ग्यास जम्मा भएर बसेको हुन्छ । पानीको लागि होला गर्दा यो ग्यास निस्कन सक्छ ।’

उहाँका अनुसार यो आत्तिनु नपर्ने भएपनि कहिले बन्द हुन्छ भन्न नसकिने हुन्छ । जमिनमुनि ग्यास सकिँदै गएपछि याे बन्द हुने उहाँले बताउनु भयो । यसलाई रोक्ने काम गर्यो भने अरु खतरा हुनसक्ने उहाँको भनाइ थियो । ‘सानो होलबाट ग्यास निस्केकाले माथिसम्म गएको हो । यो ग्यास खाना पकाउन प्रयोग हुन्छ ।’ उहाँले भन्नुभयो ।

प्रहरी र सेनाले उक्त ग्यास निस्केको क्षेत्र सिल गरेको छ भने वरपरका छिमेकीलाई खाना पकाउँदा सचेत रहन आग्रह गरिएको छ । बिहानैदेखि लेदो पानीको फोहोरा निस्कने क्रम निरन्तर रहेको छ । अहिले पनि प्रहरी र सेना स्कटिङ गरेर बसेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?