पाकिस्तानविरुद्धको खेलमा नेपाललाई अर्को सफलता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको छ । पाकिस्तानका इमाम उल हक रन आउट भएका हुन् ।

यसअघि छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।

 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सातौँ ओभरका पहिलो  बल सकिँदा २ विकेटको क्षतिमा २५ रन जोडेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?