सेयर बजारमा उच्च गिरावट

Read Time = 3 mins

काठमाडौं । सेयर बजार बिहीबार उच्च अंकले घटेको छ । बुधबार बजार करिब पाँच अंकले बढेको सेयर बजार बिहीबार २२.१२ अंकले घटेको हो । तर, कारोबार रकम भने ३३ करोड रुपैयाँले बढेको छ । यस दिन नेप्से परिसूचक २२.१२ अंकले घटेर २०९४.५४ अंकमा झरेको छ ।

ठूला कम्पनीका कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि २.७४ अंकले घटेर ३९८.४२ अंकमा झरेको छ भने दुई अर्ब ९ करोड ६४ लाख १९ हजार एक सय ६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल दुई सय ५७ कम्पनीको ५८ लाख ९८ हजार नौ सय तीन कित्ता सेयरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । कारोबारमा आएका १३ समूहमध्ये सबैको घटेको छ भने सबैभन्दा धेरै जीवन बीमा सूचक घटेका छन् ।

तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकको भने सर्वाधिक १० करोड १३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । एनआइसी एसिया बैंक पाँच करोड ५० लाख, आइएमई जनरल इन्स्योरेन्स पाँच करोड ९० लाख, अपी पावर चार करोड ८४ लाख र चिलिमे जलविद्युत् कम्पनीको चार करोड ५८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यसैगरी हिमालयन डिष्टिलरी चार करोड ४५ लाख, नेशनल हाइड्रोपावर चार करोड ४१ लाख, रिडी पावर तीन करोड ८८ लाख, नबिल बैंक तीन करोड ७८ लाख र शिवम् सिमेन्टस्को तीन करोड ३९ लाखको कारोबार भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सानिमा इक्विटी फण्ड, मल्टिपर्पस फाइनान्स, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, नबिल ब्यालेन्स फण्ड-३, नबिल बैंकको डिबेञ्चर ८२, उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमइए बैंकको डिबेञ्चर ८६ र ८७ र सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य भने बढेको छ ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ५.८० प्रतिशतले घटेको छ भने सिद्धार्थ इन्स्योरेन्स ५.२९, रिडी पावर कम्पनी ५.१३, आइएमई जनरल इन्स्योरेन्स ४.५५, नाडेप लघुवित्त ४.५३, मनकामना स्मार्ट लघुवित्त ४.४५ र इष्टर्न हाइड्रोपावर ४.४१, गुराँस लघुवित्त ४.३५, रसुवागढी हाइड्रोपावर कम्पनी ४.२९ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ४.११ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?