नक्कली परीक्षार्थी खटाएर एसइई दिन लगाउने मेयर साहविरुद्ध पक्राउ पुर्जी

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली परीक्षार्थी राखेर परीक्षा दिएको आरोपमा उनीविरुद्ध रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

साहको सट्टामा माध्यमिक  शिक्षा परीक्षा (एसईई) दिँदै गरेका नक्कली परीक्षार्थी गरुडा नगरपालिका-६ पोठियाहीका कमल साहबिहीबार पक्राउ परेपछि शुक्रबार जिल्ला अदालतले मेयर साहविरुद्ध  पक्राउ पुर्जी जारी गरेको हो ।

अनुसन्धानका क्रममा मेयर साहको नाम आएकोले छानबिन गर्नु परेकोले उनीविरुद्ध पनि जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गराइएको प्रहरीले जनाएको छ ।

मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मावि केन्द्रबाट मेयर साहको नाममा  परीक्षा दिइरहेका बेला कमल पक्राउ परेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?