मन्त्रिपरिषदको बैठक बस्दै, नयाँ मन्त्रीबारे छलफल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्दै छ ।

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता गरेपछि यो बैठक बोलाइएको हो ।

रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन् ।

आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?