विश्वासको मत पाउन मुख्यमन्त्री रावललाई सकस

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको सातौँ बैठक बुधबार स्थगित भएको छ । बैठक आज (बिहीबार) फेरि बस्नेछ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार प्रदेशसभामा विश्वासको मत लिने तयारी भए पनि कारणवश बैठक स्थगित भएको हो । बैठक आज दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले सूचना जारी गरेर जानकारी गराएको छ ।

प्रदेशसभामा सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री रावलको पद संकटमा परेको छ । टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भुक्तान गरिरहनु भएका रेशम चौधरीको रिहाइ हुनुपर्ने माग राखेको नागरिक उन्मुक्ति पार्टीले उक्त माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने बताइरहेको छ ।

मंगलबार नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्य र अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलाई कारागारमै पुगेर भेट गर्नुभएको थियो । उक्त भेटमा सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिनेबारे छलफल भएको हो । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम संसदीय दल सचेतक लक्ष्मण किशोर चौधरीले सरकारलाई माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने बताउनुभयो ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिएको खण्डमा मुख्यमन्त्री रावलले बहुमत पु¥याउन नसकी राजीनामा गर्नुपर्ने हुन्छ । त्यसपछि १९ सदस्यसहित पहिलो दल रहेको नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?