सिम्रौनगढस्थित छोटी भन्सार पुन: संचालनमा आउने

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 7 mins

बारा । बिगत लामो समयदेखि बन्द रहेको सिम्रौनगढ छोटी भन्सार कार्यालय संचालनमा आउने भएको छ ।

तीन चार वर्ष देखि बन्द रहेको छोटी भन्सार कार्यालय खुल्ने भएपछि सिम्रौनगढ नगरक्षेत्रका नगरवासीहरु खुशी भएका छन् ।
लामो समयदेखि छोटी भन्सार बन्द हुँदा सिम्रौनगढ क्षेत्रका स्थानीयहरुलाई छिमेकी देश भारतको विहार राज्यबाट किनमेल गर्ने मल खाद्य विउ ल्याउन असजिलो हुँदै आएको थियो ।

उनीहरुलाई विरगंज भन्सार पुग्न र त्यहाँबाट समान किनेर ल्याउन समस्या रहदै आएको सिम्रौनगढ नगरपालिकाका पूर्व नगर प्रमुख विजयशंकर यादवले बताउनुभयो ।

सिम्रौनगढ देखि रक्सौलसम्म पुग्न लगभग ५० किलोमीटरको यात्रा गर्नु पर्ने बाध्यता रहदै आएको थियो , उहाँले भन्नुभयो, ‘ सिम्रौनगढ नगरपालिका देखि २ किलोमीटरको दुरीमा रहेको घोडासहन बजारबाट समानहरु ल्याउन भन्सार नभएको कारण समस्या हुँदै आएको थियो । दुई चार हजारको घरमा प्रयोग हुने सामग्री ल्याउन समेत समस्या हुँदै आएको थियो, तर भन्सार संचालन भएपछि मल खाद्य, विउ घरेलु सरसमान ल्याउन सजिलो हुने उहाँले जानकारी दिनुभयो ।’

सिम्रौनगढ स्थित छोटी भन्सार कार्यालयको सरसफाई रंगरोगन लगायतको काम शुरु गरिएको छोटी भन्सार कार्यालयका प्रमुख नविन कुमार जयसवालले बताउनुभयो ।

पहिलो चरणमा सरसफाई रंगरोगनको काम सुचारु गरिएको उहाँले भन्नुभयो,‘कार्यालयको अवस्था ज्यादै नै दयनीय भएकोले मर्मत सम्भार रंगरोगन शुरु गरिएको हो । विगत लामो समय देखि कार्यालय बन्द रहेको कारण कार्यालय अस्तव्यस्त भएको छ । कार्यालयको छत चुहिने, फाईलहरुमा समेत धुलो र किरा लागेको उहाँले बताउनुभयो ।

तत्कालको लागि संचालनमा आएको छोटी भन्सार कार्यालयबाट नियमित रुपमा पाँच हजार जतिको समानको आयात निर्यातको भन्सार काटिने उहाँले बताउनुभयो ।

विशेष गरि घरमा प्रयोग हुने सरसमानहरु, कृषिका लागि उपयोग हुने खाद्य, विउहरुको पाँच हजार सम्मको भन्सार काटने काम शुरु हुने भएको जयसवालले बताउनुभयो ।

सरकारको सौता व्यवहारको कारण बारा जिल्ला मात्र होइन मधेश प्रदेश नै पछाडी परेको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बताउनुभयो ।

दिनहुँ लाखौ रुपैयाँ आम्दानी हुने बाराको कचोर्वा, सिम्रौनगढ, कबहीगोठ, मटिअर्वा लगायतका भंसारहरु संचालन नहुँदा बाराबासीहरुले समस्या भोग्नु परेको छ ।

भारतबाट कुनै पनि दुई चार हजारको समान लिन पनि ५० देखि ६० किलोमीटर घुमाउरो बाटो प्रयोग गरेर भारत विहारको रक्सौल पुग्नु पर्ने बाध्यता रहदै आएको छ, उहाँले भन्नुभयो, ‘छोटी भंसार संचालमा आएपछि कम समयमा भारतबाट किन्नु पर्ने समान किनेर भंसार तिरी ल्याउन पाउनेछन् । यसबाट समय र पैसा दुबैको बचत हुने देखिन्छ । अर्को तर्फ मधेशको मात्र होइन राष्ट्रकै विकाशको मेरुदण्डको रुपमा रहेको फास्ट ट्रयाक, निजगढ विमानस्थल समेत निर्माणमा ढिलाई हुँदै आएको छ । दिनहुँ लाखौ रुपैयाँ आम्दानी हुने र जिल्लाका जनताहरुलाई सेवा सुविधा पुग्ने भंसार कार्यालय समेत लामो समय देखि बन्द गरेर संघीय सरकारले मधेश प्रदेशका जनताहरुलाई दुःख दिने काम मात्र गरेको उहाँले आरोप लगाउनुभयो । ’

पायक पर्ने ठाउँ छाडेर दिनभरि लगाएर कोही पनि दुई चार सयको समान किन्न सदरमुकाम आउँन चाहदैनन उहाँले भन्नुभयो,‘सिम्रौनगढ देखि सदरमुकाम ३० किलोमीटरको दुरीमा रहेको छ भने भारत विहार राज्यको घोडासहन बजार २ किलोमीटरको दुरीमा रहेको छ । सदरमुकाम आउन जान दिनभरि लाग्छ तर नजिकै रहेको भारतीय बजार पुग्न १५ देखि २० मिनेट लाग्छ । सदरमुकाम भन्दा सस्तो र कम समयमा समान किनेर घर पुगिने र आफनो काम समेत गर्न सकिने पायेक पर्ने ठाउँ छाडेर कोही पनि सदरमुकाम आउन मान्दैनन । यस्तो अवस्थामा छोटी भन्सार कार्यालयहरु खुले भने सरकारको राजस्व पनि बढने र जनताले समेत सुविधा पाउने भएकोले बारा जिल्लामा रहेका सबै छोटी भन्सार कार्यालय संचालनमा ल्याउनु पर्ने उहाँले बताउनुभयो ।

सिम्रौनगढ क्षेत्रको सिम्रौनगढ बजार, रानीवास बजार ,कचोर्वा बजार, पटेर्वा बजार, भगवानपुर बजारका ब्यापारीहरु भन्सार संचालनमा ल्याउन माँग गर्दै बिगत चार दिन देखि बजार बन्द गरी आन्दोलनमा उत्रिनु भएको थियो ।

गत आईतबार बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटासंगको वार्तामा ब्यापारीहरुको माग सात दिन भित्र सम्बोधन गर्ने सहमति भएपछि उहाँहरुले आन्दोलन फिर्ता लिनु भएको थियो । वार्ता भएको दुई दिन भित्र सिम्रौनगढ छोटी भन्सार संचालनमा आउने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?