यू-१२ राष्ट्रव्यापी बास्केटबल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइएसए नेपालको आयोजनामा प्रथम यू-१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ । ललितपुरको चाकुपाटस्थित आइएसए नेपाल बास्केटबल एकेडेमीमा हुने सो प्रतियोगिता सप्ताहव्यापी हुनेछ । प्रतियोगिताका खेल माघ २८ र २९ तथा फागुन ६ र ७ गते सञ्चालन गरिनेछ । प्रतियोगितामा ब्वाइजतर्फ १२ र गल्र्सतर्फ १२ टिम सहभागी छन् ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । ब्वाइजतर्फ समूह ‘ए’मा आइएसए नेपाल इस्ट, रातो बंगला, आइएमएस, समूह ‘बी’मा सोलो बास्केटबल, एलआरआई र बिडिस स्कुल, समूह ‘सी’मा सेन्ट जेभियर्स, रोयल स्पोर्ट्स र बौद्ध इन्टरनेसनल तथा समूह ‘डी’मा आइएसए नेपाल बेस्ट, ललित कल्याण र स्वर्णिम स्कुल छन् ।

गल्र्स इभेन्टमा समूह ‘ए’मा आइएसए नेपाल इस्ट, बौद्ध इन्टरनेसनल, सेन्ट जेभियर्स, समूह ‘बी’मा रातो बंगला, एलआरआई स्कुल, बिडिएस स्कुल, समूह ‘सी’मा ललित कल्याण, सेन्ट मेरिज, ललितपुर तथा समूह ‘डी’मा आइएसए नेपाल वेस्ट, आर्या एकेडेमी र रोयल स्पोर्ट्स स्कुलले खेल्नेछन् । प्रत्येक समूह विजेता तथा उपविजेता क्वाटरफाइनल पुग्ने प्रावधान छ । आयोजक आइएसए नेपालका सिइओ सोनु पाठकले यू–१२ राष्ट्रव्यापी थ्रीबाई थ्री बास्केटबल प्रतियोगिता हरेक वर्ष आयोजना हुने जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?