श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । आफ्नै श्रीमती ४७ वर्षीया गीता आलेलाई भरूवा बन्दुक प्रहार गरी हत्या गरेको अभियोगमा ब्यास नगरपालिका(५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आलेलाई  प्रहरीले पक्राउ गरेको छ ।

आलेले आफनै श्रीमतीलाई भरूवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । साथै गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?