दलित महिला वडा सदस्यको मृत्यु

Read Time = 1 min
A A- A+

खोटाङ । खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिनुभयो ।

२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । परियारका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?