नागरिक उड्डयनलाई फुटसल उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३ औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई दुई-एक गोलले पराजित ग¥यो । नागरिक ‘ए’ का सुमित पराजुली र सुजन भारतीले एक-एक गोल गर्नुभयो । निमग ‘बी’ का राम विश्वकर्माले एक गोल फर्काउनुभयो ।

भृकुटीमण्डपमा भएको फुटसलमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने पेस्डानका उपमहासचिवसमेत रहनुभएका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जनाउनुभएको छ । दुईदिने फुटसलमा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

ब्याडमिन्टनमा पुरुष/महिला सिंगल्स र डबल्स, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्स तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजकसमेत रहनुभएका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराउनुभयो ।

प्रत्येक स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाउनेछन् । ब्याडमिन्टनको कुल पुरस्कार राशि एक लाख ७५ हजार रुपैयाँ रहेको छ । १२६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?