सन्दीपलाई समेट्दै नेपालको टिम घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगमी १४-२१ फ्रेबुअरीमा हुने ‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेले पनि सहभागिता जनाउने भएका छन् ।

नाबालिग बालिका बलात्कारको आरोपमा मुद्धा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्र्ड कप लिग–२’ मा सहभागिता जनाउन लागेको हुन ।

नेपाल क्रिकेट संघले बुधबार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गर्दा लामिछानेलाई पनि समावेश गरेको हो । जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दीप जोरा, सूर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन २ र ६ मा नामिबिया तथा फागुन ५र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन ३ र ८ मा प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?