सिटिजन लाइफ इन्स्योरेन्सको प्रि-अलोटमेन्ट सम्पन्न, आइपिओ बाँडफाँट कहिले ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ, २६ भदौ । सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बिहीबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल अनुसार भदौ २८ गते आइपिओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यसको प्रि-अलोटमेन्ट  सोमबार सम्पन्न भएको छ ।

यता, सिटिजन लाइफको आइपिओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । यसमा १५ लाख १० हजार ६९३ जनाले कुल १ करोड ६७ लाख ९० हजार १८० कित्ताका लागि आवेदन दिएका छन् । जसमा ९ लाख जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ६ लाख १० हजार ६९३ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपिओ बिक्री खुला गरेको थियो । कम्पनीले कुल १ करोड १२ लाख ५० हजार कित्ता आइपिओमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर यसअघिनै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

त्यस्तै, ५५ अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५५ (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई खुला गरेको थियो ।

यो आइपिओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?