काठमाडौं महानगरपालिकायुक्त सतहत्तर सम्मान सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिकायुक्त सतहत्तर सम्मान सम्पन्न भएकाे छ ।  काठमाडौं महानगरपालिका भित्रका ३२ वटै वडाका ७७ वर्ष उमेर पुगेका ४/४ जना ज्येष्ठ नागरिकहरुका साथै १२ वडाका सबै २१४ जना ज्येष्ठ नागरिकहरुलाई नेवारी परम्परा अनुसार सगुन दिई दोसल्ला वढाई सम्मान पत्र द्वारा सम्मानित गरिएको हाे ।

ब्रह्म स्पोर्टस् क्लबको आयोजनामा कामपा १२ वडासंगको सहकार्यमा काठमाडौं महानगरपालिकायुक्त सतहत्तर सम्मान समारोह कार्यक्रम गरिएको हाे । यस अगाडी पनि ब्रह्म स्पोर्टस् क्लबको आयोजनामा २०५६ साल र २०७१ सालमा गरी २ पटक १२ वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्य गरिसकेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कामपा १२ वडाका वडा अध्यक्ष बालकृष्ण महर्जनले सम्मान पत्रबाट सम्मानित गर्नु भएको थियो भने क्लबका अध्यक्ष सगुन मान श्रेष्ठले दोसल्ला ओढाई ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । ब्रह्म स्पोर्टस् क्लबका संस्थापक सदस्य ज्येष्ठ नागरिक सानुकाजी वज्राचार्यलाई सम्मान गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?