काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) एनआइएमबी एस क्यापिटलले गर्ने भएको छ । कम्पनीले एनआएमबी एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक चयन गरेको हो । सोसम्बन्धी सम्झौतापत्रमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सतर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ तथा एनआइएमबी एस क्याप्टिलतर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गर्नुभएको छ ।
माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा आइपिओ निष्कासन गर्ने पहिलो कम्पनीका रूपमा क्रेस्ट माइक्रो लाइफले जारी पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ रकम बराबरका कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रतिसेयर अंकित मूल्य सय रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्नेछ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दालाई लघुजीवन बिमा सेवा पुर्याउने लक्ष्यअनुसार क्रेस्ट माइक्रोले नेपाल बिमा प्राधिकरणबाट २०७९ चैत २८ गते लघु जीवन बिमाको इजाजत पत्र प्राप्त गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच