लगातारको झडपका बीच खार्तुममा सरकारी भवनमा बमबारी

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको हिंसात्मक झडप सुडानी सेनाको जनरल कमाण्डको मुख्यालय वरपर आईतवार दोस्रो दिन पनि जारी रह्यो ।

मध्य खार्तुनमा रहेको सेनाको जनरल कमाण्डको पश्चिममा रहेको सरकारी मुख्यालय र भवनहरुमा आगो लागेको हो । सुडानको सबैभन्दा ठूलो तेल कम्पनीमध्ये एक ग्रेटर नाइल पेट्रोलियम अपरेटिङ कम्पनीको टावरमा आगो लागेको देखिएको छ ।

सुडानी अथोरेटि फर स्पेसिफिकेशन एण्ड मापनमेण्टको भवनका साथै खार्तुममा रहेको सुडानी न्याय मन्त्रालयको टावरमा पनि आगो लागेको छ । सरकारी भवनहरुमा बमबारी भएको बताइएको छ ।

अहिलेसम्म अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र आरएसएफ बीचमा भइरहको झडपमा परी ३ हजार बढीको ज्यान गइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?