काठमाडौं । अघिल्ला दिनहरूमा घट्दोक्रममा रहेको सेयर बजार लगानी सम्मेलनका दिन आइतबार भने दोहोरो अंकले बढेको छ । आइतबार नेप्से १४.३३ अंकले बढेर १९८०.२७ अंकमा पुगेको हो ।
ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इण्डेक्स ०.७५, फ्लोट इण्डेक्स ०.७७ र ०.८० सेन्सेटिभ फ्लोट ०.९० अंकले बढेका छन् । यस दिन तीन सय आठ कम्पनीका ६८ लाख ७८ हजार एक सय ५९ कित्ता सेयर दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार नौ सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ । पोखरा फाइनान्सको सेयर सर्वाधिक १३ करोड पाँच लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ भने मल्टिपर्पस फाइनान्स १० करोड ९९ लाख, पिपुल्स पावर नौ करोड ८५ लाख, गोर्खाज फाइनान्स आठ करोड ५८ लाख रुपैयाँ र नेपाल फाइनान्सको छ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
फाइनान्स, विकास बैंक, लघुवित्त र निर्जीवन बिमा समूहको सेयर मूल्य बढेको छ । फाइनान्स सर्वाधिक ३.९८, विकास बैंक २.२३, लघुवित्त १.४० र निर्जीवन बिमाको सूचक १.०६ प्रतिशतले बढेको छ भने व्यापार समूह ०.३४ प्रतिशतले घटेको छ । पोखरा फाइनान्सको सर्वाधिक ९.०२ प्रतिशतले बढेको छ भने प्रोगेसिभ फाइनान्स ७.६२, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स ६.८०, बेष्ट फाइनान्स ६.७८ र किसान लघुवित्तको ५.९३ प्रतिशतले मूल्य बढेको छ ।
तर, रिभर फल्स पावरको सर्वाधिक ४.६३ प्रतिशतले घटेको छ । त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड-२ को ४.१७, गरिमा डिबेञ्चर २०८५ को ३.६३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावर ३.६१ र एनआइसी एसिया सेलेक्ट फण्ड ३० इकाई मूल्य ३.२२ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आन्दोलनरत सेयर बजार लगानीकर्ताका माग सम्बोधन गर्ने आश्वासन दिएसँगै सेयर बजारमा सुधार देखिएको हो ।
पुँजी बजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले अर्थ मन्त्रालयबाट लगानीकर्ताका जायज मागहरूलाई वैदेशिक लगानी सम्मेलनलगत्तै वार्तामा बसी समाधान गर्ने प्रतिबद्धता आएको र देशमा हुन गइरहेको वैदेशिक लगानी सम्मेलनलाई सफल बनाउने आफ्नो पनि दायित्व भएकाले केही दिनका लागि आन्दोलन स्थगित गरिएको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच