नेपाल र भारतबीचको परम्परागत बहुआयमिक सम्बन्धको एउटा महत्वपूर्ण पक्ष धार्मिक एवं सांस्कृतिक समानता पनि हो । दुवै देश हिन्दू बाहुल्य भएर पनि धर्मनिरपेक्षताको चरित्रलाई आत्मसात गरेका छन् । दक्षिणी छिमेकी भारतका भूतपूर्व प्रधानमन्त्री स्व.अटलविहारी बाजपेयी नेपाल भ्रमणमा आएका बखत भगवान पशुपतिनाथको दर्शनपश्चात् वक्तव्य दिएका थिए कि यहाँका कणकणमा शंकरको बास रहेको छ । आज जब भारतको अयोध्यामा मर्यादा पुरुषोत्तम श्रीरामको भव्य मन्दिरको निर्माण भइरहेका छ, त्यसमा भगवान श्रीराम र जगद्जननी जानकीको बाल्यरूपको मूर्ति निर्माणका लागि नेपालकै शिलाको उपयोग हुनु हाम्रो लागि गौरवको विषय हो नै, यो दक्षिणी छिमेकी भारतलगायत विश्वभरिका हिन्दुहरूका लागि गर्व र खुशीको विषय हो ।
नेपालका नदीमा मात्रै भगवान विष्णुको पवित्र शालीग्राम पाइनु हाम्रो लागि थप सौभाग्य र उत्साहको विषय हो । इतिहास आफैंमा दोहोरिन्छ भन्ने मान्यता एकपट पुनः प्रमाणित भएको छ । त्रेतायुगमा भारत अयोध्याका राजकुमार रामको शुभविवाह नेपाल, मिथिलाकी राजकुमारी सीतासित भएको थियो । चौध हजार वर्षपश्चात् कलियुगमा पनि नेपालकै शालीग्रामबाट माता जानकी र मर्यादा पुरुषोत्तम श्रीरामको बाल्यरूपको मूर्ति निर्माण हुनु हाम्रा दुईपक्षीय सम्बन्धको गहिराइ, उचाइ, विशाल र व्यापकलाई प्रमाणित गरेको छ ।
साथै राजनीति र परिस्थितिजन्म बाध्यताले दुई देशका सरकारबीच यदाकदा तिक्तता देखिए पनि आराध्य देवहरू कहिल्यै हाम्रो यस अटूट सम्बन्धलाई कमजोर हुन दिने छैनन् । एक पटक पुनः नेपाल-भारत एक अर्काका निम्ति अभिन्न सावित भएका छन् भन्ने सनातन धर्म एवं संस्कृतिकका बाहक नेपाली र भारतीयहरू मिलेर बसौं भन्ने देउताको विशेष आशिर्वाद प्राप्त भएको छ । यस शिलाले हाम्रो सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउँदै छ ।
आज नेपालको एउटा शिला करोडौं वर्षको प्रतीक्षापश्चात् स्वामी श्रीराम बन्न गइरहेको छ । न कुनै पूर्वसूचना न त कुनै तयारी नै तर पनि नेपालदेखि अयोध्यासम्मको शालीग्राम शिलाको यात्रामा देखिएको ऐतिहासिक जनसहभागिताले जो कोहीलाई पनि हर्ष एवं उल्लासले तरंगित बनाएको थियो ।
वैज्ञानिकहरूले शालीग्राम शिला ६ करोड वर्ष पुरानो हो भनेर प्रमाणित गरेका छन् । यसलाई एउटा संयोग नै मान्नुपर्दछ कि त्रेतायुगमा एक श्रापित स्त्री अहिल्य ढुंगा भएकी थिइन् र भगवान श्रीरामको स्पर्शमात्रले उनले पुनः आफ्नो स्वरूपलाई प्र्राप्त गरेकी थिइन् । आज नेपालको एउटा शिला करोडांै वर्षको प्रतीक्षापश्चात् स्वामी श्रीराम बन्न गइरहेको छ । न कुनै पूर्वसूचना न त कुनै तयारी नै तर पनि नेपालदेखि अयोध्यासम्मको शालीग्राम शिलाको यात्रामा देखिएको ऐतिहासिक जनसहभागिताले जो कोहीलाई पनि हर्ष एवं उल्लासले तरंगित बनाएको थियो ।
जुन धन्य हातले शिलाको स्पर्श गर्न भ्याए, जुन आँखाले यस शिलाको दर्शन गर्न पाए ती सबैले आफूलाई अहोभाग्य ठाने र वर्तमानको सूचना प्रविधिको युगमा टेलिभिजन, मोबाइल, समाचार पात्रमार्फत शालीग्राम शिलाको दर्शन गर्नेहरू करोडौंमा थिए । शालीग्राम शिलाको यात्रामा बाटोको दुवैतिर हजारौंको संख्यामा मानिस दुवै हात जोडी प्रार्थनाको भावमा थिए । पाँच सय वर्षपछि निर्माण हुन लागेको भव्य राम मन्दिरको प्रतीक्षा पूरा विश्वलाई रहेको छ । भगवान श्रीरामको मन्दिर निर्माण भइरहेको होओस्, त्यसमा नेपालको योगदान र सहभागिता नहोओस् यो सम्भव पनि थिएन ।
आखिर जगदजननी सीताको माइतीको सन्देशविना भगवान श्रीरामको यज्ञ अनुष्ठान पूर्ण हुने थिएन नि ! प्रत्येक शिलालाई श्रीराम बन्ने सौभाग्य प्राप्त हुन सक्दैन नि ¤ नेपालको पवित्र नदी-कालीगण्डकी)बाट ल्याइएको शिला अयोध्यामा निर्माण हुने मन्दिरका लागि मूर्ति बनाइनु आफैंमा ऐतिहासिक हो । भारतका नदीमा ढुंगा नभएर नेपालबाट लिइएको नभई नेपालको धार्मिक महत्व र धार्मिक आस्थाका हिसाबले भारतबाट दिइएको उच्च सम्मानको एक अनुपम उदाहरणको रूपमा यसलाई लिनुपर्छ । यसले नेपालको धार्मिक महत्वमात्र नभई ऐतिहासिक र पौराणिक महत्वलाई बल पुर्याएको छ । साथै यस कार्यले नेपालमा धार्मिक पर्यटन वृद्धिका लागि कोशे ढुंगा काम गर्नेछ ।
अयोध्यामा ७० एकड जमिनमा ३६० फिट लामो २३५ फिट चौडा र १६१ फिट अग्लो मन्दिर बन्दैछ । मन्दिरमा पाँच मण्डप रहने छन् भने बीचमा रहेको गर्भगृहमा कालीगण्डकी नदीबाट लगिएको २३ टन र १५ टनका शिलाबाट भगवान रामको बालपनको मूर्ति राखिनेछ । काली गण्डकीको शिलालाई देवशिलाका रूपमा भारतीय पक्ष र विशेषगरी हिन्दू धर्मावलम्बीबाट व्यक्त गरिएका श्रद्धाले नेपालीलाई चकित बानाएको छ । हामी नेपालीहरू स्वयं आफ्नो महत्व बुझिरहेका हुँदैनौं ।
वैदिक सभयताको जननी, ऋषिमुनिहरूको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि नेपाललाई धार्मिकस्थलको रूपमा विकसित गर्न सकिए यसले धार्मिक पर्यटनलाई बढावा दिनेछ । नेपालमा अधिकांशले ढुंगाका रूपमा मात्रै बुझेको शिलामा भारतवासीले देउता नै देखे । त्यही अनुसार देवशिला यात्रालाई एउटा महोत्सवको रूपमा लिए । देवशिलाको त्याग प्रतीक्षामा रहेको दर्शनाभिलासीमा छिपिँदो रात र चिसोको कुनै परवाह थिएन । कोखमा बच्चा च्यापेका महिलादेखि वृद्धवृद्धाले समेत नतमस्तक भएर शिला ढोगी त्यो छुन पाउनु नै पुण्यको कार्य हो भन्ने श्रद्धा प्रकट गरे ।
राम मन्दिर कार्यशाला रामसेवकपुरमा देवशिला पूजापछि आयोजित विशेष समारोहमा नेपालतर्फबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपालका भूतपूर्व उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले श्री रामजन्मभूमि तीर्थ क्षेत्र टुष्टका महासचिव चम्पत रायलाई चतुर्भुज शालिग्रामसहित शिला हस्तानानतरण गरेका थिए । शिला ग्रहण गर्दै महासचिव रायले जनकपुर र अयोध्याको प्राचीन सम्बन्ध अवर्णनीय रहेको तथा नेपालको देवशिलाले त्यो सम्बन्धलाई थप प्रगाढ बनाएको टिप्पणी गरे, जबकि जानकी मन्दिरका महन्थ दासले युगौंदेखि चलिआएको नेपाल–भारतको धार्मिक सांस्कृतिक सम्बन्धको चर्चामात्र गरेनन्, भगवान राम र माता सीताको वैवाहिक सम्बन्धसँगै स्थापित यो सम्बन्धमा देवशिलाले झन् बढी सुगन्ध थपेको प्रतिक्रिया दिए ।
करिब ४५ दिनसम्म नेपाल बसेर देवशिलासँगै फर्केका श्रीराम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले पवित्र देवभूमि नेपालको कालीगण्डकी नदीबाट शिला ल्याउनु ऐतिहासिक र पुण्यको काम भएकोमा सन्तोष प्रकट गरे । हिन्दू धार्मिक मान्यतानुसार भगावन विष्णुका दश अवतारमध्ये छैटौं अवतारका रूपमा भगवान रामको जन्म त्रेतायुगमा अयोध्यामा र विवाह जनकनन्दनी जानकीसँग भएको थियो । त्यसैले जहाँ राम त्यहीँ सीता वा माता जानकी जोडिनु स्वाभाविक हो । त्यसैले होला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान पशुपतिनाथ र काशी विश्वनाथको धार्मिक महत्वको प्रशंसा गरेका थिए ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीतामाताविना राम र जनकपुरविना अयोध्या अधुरो भन्दै यसलाई विश्वकै सर्वश्रेष्ठ संस्कृतिको उदाहरणको रूपमा लिन सक्ने धारण व्यक्त गरे । शिलाविज्ञ एवं कालीगण्डकी अभियन्ता डा.बलराम चालिसेले पनि यसमा निकै परिश्रम गरेका छन् ।
त्यसैगरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सीतामाताविना राम र जनकपुरविना अयोध्या अधुरो भन्दै यसलाई विश्वकै सर्वश्रेष्ठ संस्कृतिको उदाहरणको रूपमा लिनसक्ने धारण व्यक्त गरे । शिलाविज्ञ एवं कालीगण्डकी अभियन्ता डा.बलराम चालिसेले पनि यसमा निकै परिश्रम गरेका छन् । श्रीराम मन्दिर एक हजार वर्षसम्म रहने र अहिले छनोट गरिएको शिला हजारौं वर्षसम्म रहन सक्ने ठम्याइ उनको रहेको छ । नेपालसँगको पौराणिक, धार्मिक, सम्बन्ध तथा नेपालको पवित्र नदी र तीर्थस्थलको व्याख्यान प्रशस्त भेटिन्छ । नेपालको देवशिलामा निर्माण हुनलागेको रामललाको मूर्तिले दुई देशका धार्मिक, सांस्कृतिक सम्बन्धका साथै नागरिक तहको सम्बन्धमा नयाँ आयाम भर्ने छ ।
भारतवासीको आस्थालाई नेपालको धार्मिक पर्यटनसँग जोडेर जान सके प्रशस्त लाभ उठाउन सकिन्छ । प्रत्येक देशको आफ्नै छुट्टै र विशेष पहिचान हुने गर्दछ । सनातन धर्म संस्कृति अथवा पूर्वी मान्यता हाम्रो पहिचान हो, संस्कार हो, गौरव हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघि सार्नुभएको रामायण तथा बुद्धिष्ट सर्किटको निर्माणले हाम्रो दुई पक्षीय सांस्कृति एवं धार्मिक सम्बन्धलाई थप बलियो बनाउनेछ । नेपाल र भारतको जीवन पद्धतिमा हिन्दू एवं बुद्ध धर्म संस्कृतिको गहिरो तथा व्यापक प्रभाव छ । शालीग्राम शिलाले हामी दुई देशबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच