प्रहरी हेडक्वार्टरमा ‘नालापानी’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘नालापानी’ नक्सालस्थित प्रहरी प्रधान कार्यालयको सभाहलमा उच्च पदस्थ र सकल दर्जाका प्रहरीलले हेरेका छन् । उनीहरूसँगै प्रहरी विद्यालय र सामुदायिक स्कुलका प्राध्यापकले पनि चलचित्र हेरेका छन् ।

चलचित्र हेरेपछि पूर्वएआईजी, डीआईजीलगायत प्रहरी अधिकृतले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिएको निर्देशक रिमेश अधिकारीले बताउनुभयो । निर्देशक अधिकारीले भन्नुभयो, ‘चलचित्रले राष्ट्रिय गौरव र वीरगाथा बोकेको बताउँदै उहाँहरूले देश निर्माणको लागि नालापानीको युद्धको भूमिका चित्रण गरेको बताउनुभयो ।’

उक्त अवसरमा प्रहरी अधिकारीहरूले भविष्यमा यस्तै कथावस्तुका चलचित्र बनाउनका लागि सुझाव दिएको निर्देशक अधिकारीले बताउनुभयो । निर्देशक तथा निर्माता अधिकारी ऐतिहासिक राजनीतिक कथावस्तुको अर्को चलचित्र ‘कोतपर्व’मा निर्माणको तयारीमा हुनुहुन्छ । चैतदेखि छायांकन सुरु हुने यो चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, रमेश उप्रेती अनुबन्धित भइसक्नु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?