पत्रकार कृष्ण ज्ञवालीको निधन

हिमालय टाइम्स
Read Time = 1 min

गुल्मी । पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । रूरू क्षेत्र गाउँपालिका-१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार बेलुकी उपचारका क्रममा निधन भएको हो ।

केही दिनयता बिरामी पर्नुभएका ज्ञवाली उपचारका लागि बुटवलमा हुनुहुन्थ्यो । बुटवलमा उपचार गराएर थप उपचारका लागि काठमाडौं जाने सल्लाह भए पनि बुटवलमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

गुल्मीबाट पत्रकारिता सुरु गर्नुभएका ज्ञवाली धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चारमाध्यममा काम गर्नुभएको थियो । उहाँ पुनः गुल्मी फर्केर केही वर्षयता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँ रूरूस्थित घरमा बस्दै आउनुभएको थियो भने परिवार पोखरामा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?