टर्की भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी २० हजार २९६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहानै गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी हालसम्म टर्कीमा १७ हजार १३४ र सिरियामा तीन हजार १६२ जनाको मृत्यु भएको हो ।

उद्धारकर्मीहरूले अझै पनि आफ्नो काम जारी रोखका छन् । तर सय घण्टा बितिसकेकाले अब जिवितै उद्धार गर्न सकिने सम्भावना कम हुँदै गएको बीबीसीले जनाएको छ ।

उद्धार टोलीहरूलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा खटाइएको छ । हजारौँ भत्किएका भवनहरू र चिसो तापक्रममा उनीहरूले उद्धारमा कठिनाइ भोगिरहेका छन् ।

उक्त भूकम्पमा परी मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पबाट ती दुवै देशमा गरी दुई करोड ३० लाख मानिस प्रभावित हुने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?