सफलता श्रेष्ठको ‘माया देशलाई’

Read Time = 2 mins

काठमाडौं । बाल गायिका सफलता श्रेष्ठको स्वरमा रहेको गीत ‘माया देशलाई’ सार्वजनिक भएको छ । डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको राष्ट्रिय भावको गीत सार्वजनिक गरिएको हो ।

स्मृति तिम्सिना ‘गुरुआमा’को निर्देशन रहेको गीतको भिडियोमा सफलता श्रेष्ठ, शिक्षा खड्गी, डिभा बस्नेत, आयुशा श्रेष्ठ र क्रियोना बलामीको अभिनय छ । वीरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको गीतको भिडियो गोल्डेन क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ७ मा अध्ययनरत सफलता गीत, संगीत र अभिनय भनेपछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको दोस्रो गीत हो । यसअघि उहाँको ‘म हुँ नेपाली’ गीत सार्वजनिक भएको थियो । सफलताका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त तथा विश्व कीर्तिमानी संगीतकार एवं उपन्यासकार हुनुहुन्छ । सन्तोषको केही समय पहिला ‘फरैना’ उपन्यास पाठकमाझ आएको थियो ।

सन्तोषले थुप्रै गीतमा स्वर पनि दिनुभएको छ भने उहाँले संगीत गरेका गीतले विश्व रेकर्ड राख्न सफल भएका छन् । सफलताले पनि बाबुकै पदचाप पछ्याउँदै एकपछि अर्को गीत सार्वजनिक गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?