होम अप्लायन्स फाबेर शोरुम बत्तिसपुतलीमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय होम अप्लायन्स ब्राण्ड फाबेरले काठमाडौंको बत्तिसपुतलीमा पनि शोरुम विस्तार गरेको छ । फाबेरका अटोक्लिन होड, आइसल्याण्ड होड, थ्रिडी होड, डिसवासर, माइक्रोवेभ, हाइब्रिड हब, म्याक्स हब, अल्टिमा हब, अटोपिया हब, कुकिङ रेन्ज, ओभनलगायत सम्पूर्ण किचेन वेयर उपलब्ध रहेका छन् । नेपालमा उक्त ब्राण्ड भित्र्याउने काम युएचएस होल्डिङ्स प्रालिले गर्दै आएको छ ।

कम्पनीका अनुसार होम अप्लाइन्स ब्राण्ड फाबेरले आफ्ना उत्पादन तथा प्रविधिका कारण अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाएको छ । इटालीबाट सुरु भएर विश्वव्यापी रूपमा विस्तार गर्नेक्रममा फ्रान्समा रोब्लिन, स्पेनमा मेपाम्सा र अर्जेन्टिनामा स्पारजस्ता ब्राण्ड प्राप्ति गर्दै अग्रता कायम गरिरहेको छ ।

विश्व बजारमा सात प्लान्टसहित प्रमुख छ देश इटाली, स्विडेन, फ्रान्स, टर्की, अर्जेन्टिना र छिमेकी मुलुक भारतमा समेत उत्पादन गर्दै आएको छ । मुख्य बजार निर्देशनालय अमेरिका र प्रतिनिधि कार्यालय रुसमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?