![हनुमानको तस्विर कुन दिशामा राख्ने ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/03/hanuman.jpg)
काठमाडौं । आज बैशाखकृष्णपक्ष वरुथिनी एकादशी परेको छ । यस दिन वैष्णवहरूको वरूथिनी एकादशी व्रत भएकोले यो दिन नदीमा अथवा जुनसुकै जलासय भएको सफा क्षेत्रमा भगवान श्रीबिष्णुको स्मरण गरेर स्नान गर्नुपर्दछ।
वैशाख कृष्ण पक्षको एकादशीलाई वरुथिनी एकादशी भनिन्छ । वरुथिनी एकादशीको महिमा स्वयम भगवान श्री कृष्णले यूधीष्ठिरको जिज्ञाषा सुनेपछि बताउनु भएको हो । कुरुक्षेत्रमा सुर्यग्रहणको बेला सुवर्ण दान गर्दा कमाउने पुण्य बराबर वरुथिनी एकादशीको व्रत बस्नाले कमाइन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।
यो एकादशी व्रतले सारा लोकलाई भुक्ति र मुक्ति दिने र मनुष्यहरुको सारा पापलाई नाश गरि गर्भवासको दुःखलाई छुटाईदिन्छ । जो मनुष्य दश हजार वर्षसम्म तपस्या गर्दछ त्यो तपस्याको फल–बराबर फल केवल वरूथिनीको व्रतबाट नै प्राप्त हुन्छ । श्रद्धा–भक्तिपूर्वक जो मनुष्यले वरूथिनी व्रत गर्दछ त्यो यस लोकमा र परलोकमा पनि आफूले चाहेको फल पाउँछ ।
त्यस्तै वरूथिनी एकादशीको व्रतको प्रभावले सर्वत्र सुख शान्ति हुनुको साथै समस्त पापको नाश भइ सौभाग्यको प्राप्त हुने मान्यता रहेको छ । विधवा स्त्रीले पनि वरूथिनी एकादशीको व्रत बस्नाले सुख शान्ति पाएर भाग्यमानी हुन्छीन् भन्ने शास्त्रहरुमा उल्लेख गरिएको छ ।
यस एकादशीको ब्रत बस्नका लागि अघिल्लो दिन अर्थात दशमीकै दिनदेखि लसुन प्याज तथा मांसाहारी भोजन त्याग्नु पर्दछ । दशमीकै दिन काँसको थालमा एकपटक मात्र भोजन गर्नुपर्दछ । एकादशीका दिन बिहानै उठेर स्नान गरी शुद्ध भई ब्रत बस्नु पर्दछ ।
यसरी वरुथिनी एकादशीको व्रत लिएमा पुण्य प्राप्त हुने र मृत्यु पश्चात वैकुण्ठ लोक जान पाउने धार्मिक विश्वास रहेको छ ।
![भगवान कृष्णले किन बोक्छन् मुरली ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/bhagawan-krishna.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच