घोराही । स्वर्गीय खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि घोराही उपमहानगरपालिकाले हात पारेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व. खड्काको सम्झनामा आयोजना गरिएको अन्तरपालिका भलिबलको उपाधि यस वर्ष घोराहीले हात पारेको हो । घोराहीस्थित शहीद मञ्चमा भएको प्रतियोगिताको फाइनल खेलमा लमही नगरपालिकालाई तीन-दुईको सेटमा हराउँदै उपाधि घोराहीले हासिल गरेको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको घोराहीले नगद दुई लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विभागीय नेपाल प्रहरी क्लबका खेलाडी रहेका रविन चन्द र विशाल विश्वकर्माको उत्कृष्ट प्रदर्शनले घोराहीले २५-२७, २५-१६ १९-२५, २५-१२ र १५-९ को सेटमा जित निकाल्न सफल भएको हो ।
उपविजेता लमही नगरपालिकाले नगद एक लाख १२ हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा शान्तिनगर गाउँपालिका तेस्रो र राजपुर गाउँपलिका सान्त्वना भएका छन् । तेस्रो भएको शान्तिनगर गाउँपालिकाको टिमले नगद ५६ हजार २५० र सान्त्वना भएको राजपुर गाउँपालिकाको टिमले नगद १३ हजार एक सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीमा घोराहीका रविन चन्द, उत्कृष्ट कोचमा घोराहीका ओकबहादुर विक, उत्कृष्ट स्पाइकरमा लमहीका गणेश बुढाथोकी, उत्कृष्ट सेटरमा घोराहीका विज्ञान थापा, उत्कृष्ट सर्बरमा लमहीका दीपेन्द्र कुमाल, उत्कृष्ट लिब्रोमा शान्तिनगरका राजबहादुर खवास, उत्कृष्ट ब्लकरमा घोराहीका विशालबहादुर विश्वकर्मालाई पुरस्कृत गरिएको थियो ।
विजेता टिम तथा खेलाडीलाई नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं पूर्वसिँचाइ राज्यमन्त्री अमर पुन, राष्ट्रियसभा सदस्य अनिता देवकोटालगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यही माघ २० गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका खेलाडीको सहभागिता थियो । उक्त प्रतियोगिता गत वर्षदेखि आयोजना गरिँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच