त्रिभुवन विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५०० ग्रामसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ  गरेको प्रहरीले जनाएको छ ।

इन्डिगो एयरलाईन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?