सामसुङ ग्यालेक्सी एफ ५४ नेपाली बजारमा

Read Time = 2 mins

काठमाडौं । सामसुङले ग्यालेक्सी एफ ५४ स्मार्टफोन फाइभजी नेपाली बजारमा ल्याएको छ । जुन १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआइएस र ग्यालेक्सीको प्रिमियम डिजाइनमा उपलब्ध छ । ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेट साथ फोन आठ जिबी ¥याम क्षमता र २५६ जिबी आन्तरिक मेमोरीमा उपलब्ध छ ।

१०८ एमपी मुख्य क्यामेरा, आठ एमपी अल्ट्रा-वाइड र दुई एमपी म्याक्रो लेन्स क्यामेराबाट हुने ट्रिपल-लेन्स सेटअपले प्रयोगकर्ताले एड्भान्स क्यामेराको अनुभव पाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार ग्यालेक्सी एफ ५४ ले रातको समयमा पनि सफा, स्पष्ट डिटेल भएको फोटो दिन्छ । अगाडिको ३२ मेगा पिक्सेल लेन्स क्यामेरा प्रयोग गरी हाई क्वालिटीको सेल्फी, भिडियो र भिडियो कल गर्न सकिन्छ । २५ वाटको सुपर-फास्ट चर्जिङले ३० मिनेटको चार्जमा नै पूरा दिन मोबाइल चल्ने कम्पनीको दाबी छ । मूल्य भने ५२ हजार चार सय ९९ पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?