दर्ताका लागि दलहरूले दिएको निवेदन आजबाट आयोगले जाँचबुझ गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निर्वाचन आयोगले दर्ताका लागि निवेदन दिएका सबै दलको निवेदनउपर आज (बुधबार)बाट जाँच सुरु गर्ने भएको छ ।

दलहरूले दिएका निवेदनउपर आयोगले जाँच गरी निर्वाचनमा भाग लिन योग्य भएको ठहर गर्नेछ । दल दर्ताको निवेदन दिएका सबै दलहरूको जाँचपरक गर्ने, हेर्ने, कानुनबमोजिम छन् कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्ने कुराको परीक्षणपछि दर्ताका लागि आयोगमा पेश गर्ने काम सुरु हुने प्रवक्ता शालिकराम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले निर्णय गरेपछि, कानुनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि दलहरू दर्ता हुने उहाँको भनाइ छ ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ । मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा भइरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा राजनीतिक दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?