गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

फाईल तस्बिर

Read Time = 1 min

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिइयोस् भन्ने राखेको प्रस्तावको पक्षमा बहुमत मत परेको हो ।

प्रस्तावको पक्षमा ३५ मत पर्दा विपक्षमा २२ र तटस्थ २ मत परेको प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?