अवैध पेस्तोलसहित तीन जना पक्राउ

Read Time = 2 mins

विवेक खड्का/दाङ । दाङ प्रहरीले अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । लमही नगरपालिका-३ टिकुलीगढस्थित रहेको जुनु वडी विल्डर्स (ठूला गाडी मर्मत गर्ने ग्यारेज) बाट अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रवक्ता रिजालका अनुसार बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका-३ बस्ने २० बर्षीय सोमु बिक, रुपन्देही शुद्धोधन गाउँपालिका-२ भुजौली घर भई तलमी नगरपालिका-३ बस्ने ४० बर्षीय कमल भनिने रुक्मान सुनार र लमही नगरपालिका-३ मझगाउँस्थित फर्निचर तथा आह्रन संचालन गरी बस्ने अन्दाजी ६२/६३ वर्षीय मुमबहादुर घर्ती मगरलाई पक्राउ गरेको छ ।

एक जना ब्यक्ति चक्कु राखेर हिडिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी नर्तिबाट खटिएको प्रहरी टोलीले खान तलासी लिने क्रममा उक्त अबैध हतियार पेस्तोल बरामद गरेको हो । २० बर्षीय बिकको साथबाट भरुवा बन्दुकलाई मोडिफाई गरि निर्मित पेस्तोल आकारको अबैध हतियार बरामद भएको प्रहरीले बताएको छ ।

सुनारले लमहीको टिकुलीगढमा जुनु बडी विल्डर्सको ग्यारेज संचालन गर्दै आएका छन् । सुनार नाताले बिकको फूफाजु हुन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?