लुम्बिनी प्रदेश सरकारले एक महिना पछि पायो पूर्णता, सात मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारले एक महिना पछि पूर्णता पाए लगतै आज दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त भएका मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए ।
समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिनुभएको हो ।

नव नियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुनुहुन्छ भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुनुहुन्छ । यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुनुहन्छ । सरकारलाई समर्थन गरेको जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

आँफुले शपथ खाएको ठिक एक महिना पछि माघ २८ गते मुख्यमन्त्री गिरीले आफ्नो मन्त्रीमण्डललाई पूर्णता दिन सफल हुनुभएको छ ।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति मार्फत हिजो जानकारी दिएको थियो ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएसंगै एमालेबाट चेतनारायण आचार्य र माओवादीबाट कृष्णा केसी विना विभागीय मन्त्री वन्नुभएको थियो ।
सत्तारुढ दलभित्र क–कस्लाई मन्त्री बनाउने ? भन्ने बारे लामो कसरत पछि मन्त्रीपरिषदले पूर्णता पाएको हो । माओबादीबाट बिनाविभागिय मन्त्री बनाइएकी बाँकेकी कृष्णा केसीले चित्तबझुद्दो मन्त्रालय नपाएको भन्दै शनिबार मात्रै पदबाट राजिनामा वुझाउनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?