सरकारले टर्कीका भूकम्प पीडितलाई स्वास्थ्य सामग्री पठाउँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले टर्कीका भूकम्पपीडितलाई आज स्वास्थ्य सामग्री र न्यानो कपडा पठाउने भएको छ ।

टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

टर्किस एयरलाइन्सबाट आज सामग्री पठाउन लागिएको हो । ती सामग्री विमानस्थलमा पु¥याएर तयारी अवस्थामा राखिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

नेपालले टर्कीलाई औषधिहरू, स्वास्थ्य उपकरणहरू र न्यानो कपडा पठाउने तयारी गरेको छ । त्यहाँ अहिले चिसो मौसम छ भने वर्षा र हिउँ पनि परिरहेको छ ।

भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरुमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाउन लागिएको हो । टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखि पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?