वागमती प्रदेशमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

Read Time = 9 mins

काठमाडौं । वागमती प्रदेश सरकारले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू गरेको छ ।

मंगलवारबाट वागमती प्रदेशका विभिन्न स्थानहरुमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायलमा ७० अंक ल्याए पास हुने नयाँ मापदण्ड लागू भएको हो । आजबाट लिखित तथा ट्रायल परीक्षा ‘सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशिका २०७७’ अनुसार सञ्चालन हुनेछ । मंगलवार बिहान गुर्जुधारास्थित ट्रायल सेन्टरमा पुग्नुभएका वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले विगतमा रहेको लाइसेन्स ट्रायलमा शतप्रतिशत अंक ल्याउनुपर्ने व्यवस्थालाई परिमार्जन गरेर अब ७० अंक ल्याए पास हुने व्यवस्था आजबाट लागू भएको बताउनु भयो । उहाँले अन्य प्रदेशमा धेरै अघिबाट यो व्यवस्था शुरु भएपनि वागमती प्रदेशमा भने ढिलो गरी शुरु भएको बताउनु भयो । उहाँले परीक्षार्थी सबैलाई पास हुनेगरी परीक्षार्थीमैत्री व्यवस्था लागू गरेको बताउनु भयो । सानो त्रुटीले पनि लाइसेन्स नपाउने र फेरि नयाँ प्रक्रिया शुरु गर्नुपर्ने झन्झटलाई मध्यनजर गरेर यस्तो व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ट्रायल दिँदा हिजोको प्रक्रियामा १०० पूर्णाङ्कमा सय नै ल्याउनुपर्ने जुन व्यवस्था थियो । यो परीक्षार्थीमैत्री भएन, वैज्ञानिक भएन भन्ने लागेर जसरी अरु प्रदेशमा ७० अंक ल्याए पास हुने व्यवस्था छ, ७० अंक ल्याएपछि ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया छ, त्यसलाई हाम्रो वागमती प्रदेशमा पनि शुरु गरेका छौँ, केही ढिला भयो तर अब शुरु भएको छ । हेटौंडा लगायतका सबै ठाउँमा हामी शुरु गर्छौं । परीक्षार्थीमैत्री भनेको परीक्षामा सहभागी हुने परीक्षार्थीहरु पास हुनुपर्छ भन्ने भावनाले परीक्षा सञ्चालन गर्नुपर्छ भनेर नै यो व्यवस्था गरेका हौँ । सानो त्रुटीले पनि लाइसेन्स नपाउने, फेरि नयाँ प्रक्रिया शुरु गर्नुपर्ने कुरालाई मध्यनजर गरेर यस्तो निर्णय गरेका हौँ । सकेसम्म लाइसेन्स नै लिन नपरे हुन्थ्यो भन्ने भावना सिर्जना भयो भन्ने जनताको बुझाइ थियो । यो प्रणालीमा पन िकतिपय त्रुटी छ, यसलाई हामीले बुझेका छौँ, नबुझीकन लागू गरेका होइनौँ । नयाँ विधि बनाउने कुरामा हामी तत्काल जान सक्दैनौँ । अब भने नयाँ विधिमा जान्छौँ ।’

त्यस्तै गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसोर्स सेन्टर प्रा.लि.का सञ्चालक रामनारायण घिमिरेले बाइक र स्कुटरको लागि लुकिङ ग्लास मिलाएको, हेलमेट भाइजर, फिता बाँधेको १० नम्बर छुट्याइएको बताउनु भयो । उहाँले ८ मा एक पटक खुट्टा टेकेमा वा एक पटक अंकित रेखा घेरा छोएमा पनि अघि बढ्न पाउने सिस्टम रहेको बताउनु भयो । त्यसमा ५/५ अंक काटिनेछ । त्यस्तै ८ बाट बाहिर निस्किएपछि न्यारोरोडमा स्कुटी बाइक तल झरेको खण्डमा फेल हुनेछ भने साइड लाइट नबालेको खण्डमा १० अंक काटिनेछ । जेब्रा क्रसिङमा रातो र पहेँलोमा नरोकी कन अघि बढ्नसकिने छ तर त्यसमा १५ अंक काटिने छ । यद्यपी हरियो रङको लाइट बलेको बेलामा गए नम्बर काटिने छैन । स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भएमा वा एक पटक खुट्टाले छोए ५/५ नम्बर काटिनेछ भने एक पटक भन्दा बढी खुट्टा टेकेमा र स्टार्ट बन्द भएमा स्वतः फेल हुनेछ । उकालोमा अगाडिको घेरा छुन नपाइने तर एक पटक स्टार्ट बन्द भए वा बाइक ६ इन्च भन्दा पछाडि नगएमा भने प्रक्रिया अघि बढ्नेछ । ओरालोमा पनि अंकित रेखा नछोए अघि बढ्न सकिनेछ । त्यस्तै चार पांग्रे सवारीसाधनको हकमा ८ मा अंकित रेखामा २ पटकसम्म लाइन छोएमा अघि बढ्नसक्ने व्यवस्था छ ।

उहाँले भन्नुभयो, ‘बाइक र स्कुटरको लागि १० नम्बरको लागि लुकिङ ग्लास मिलाएको, हेलमेट भाइजर, फिता बाँधेको लगायतको १० नम्बर रहेको छ । ८ मा एक पटक खुट्टा टेकेमा वा एक पटक अंकित रेखा घेरा छोएमा पनि अघि बढ्न पाउने सिस्टम रहेको छ । त्यसमा ५÷५ अंक रहेको छ । ८ बाट बाहिर निस्किएपछि न्यारोरोडमा स्कुटी बाइक तल झरेको खण्डमा फेल हुन्छ । साइड लाइटमा १० नम्बर राखिएको छ । साइड लाइट बाल्नुभएन भने १० नम्बर काटिनेछ । जेब्रा क्रसिङमा रातो र पहेँलोमा नरोकी कन अघि बढ्न सक्नुहुनेछ । त्यसमा १५ नम्बर काटिनेछ । हरियोमा जाँदा भने नम्बर काटिने छैन । स्पिड ब्रेकरमा एक पटक स्टार्ट बन्द भएमा वा एक पटक खुट्टाले छोए ५/५ नम्बर काटिनेछ भने एक पटक भन्दा बढी खुट्टा टेकेमा र स्टार्ट बन्द भएमा स्वतः फेल हुनेछ । उकालोमा अगाडिको घेरा छुन पाइएन, त्यसमा एक पटक स्टार्ट बन्द भए वा बाइक ६ इन्च भन्दा पछाडि नगएमा उहाँहरु अघि बढ्न पाउनु हुनेछ भने ओरालोमा पनि अंकित रेखा नछोए उहाँहरु अघि जान सक्नुहुन्छ । चार पांग्रे सवारीसाधनको हकमा ८ मा अंकित रेखामा २ पटकसम्म लाइन छोएमा अघि बढ्न सक्नुहुनेछ । दुई पटक बढी अंकित रेखा छोए फेल हुनेछ ।’

त्यस्तै एक जना सेवाग्राहीले सानो त्रुटीले फेल भइरहेको बेलामा यस्तो व्यवस्थाले आत्मविश्वास बढाएको बताउनु भयो ।

ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भएपनि मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति पत्रका लागि योग्य मानिने व्यवस्था छ । वागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अङ्कित रेखा छोए प्रत्यक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायलमा फेल हुनेछैन । दुई पटकभन्दा बढी उक्त रेखा छोए सवारीको टायर अङ्कित रेखाभन्दा बाहिर गए, एक पटकभन्दा धेरै पटक खुट्टाले भुई टेके, ठिक दिशाबाट वा ठिक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तिर्ण भएको घोषणा गरिने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?