रैथाने बालीको संरक्षण गर्दै सिंजा गाउँपालिका

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको संरक्षण र प्रवर्धन गर्ने भएको छ ।
पालिकाको आयोजना र उद्योग शाखाको सहजिकरणमा माघ २७ देखि नगराकोटमा रैथाने बालीको परिकार र गुणस्तर वृद्धि सम्बन्धी चार दिने तालिम गोष्ठी गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।

महिला स्वास्थ स्वयंसेविका, स्थानीयवासी र सरोकारवालाहरुलाई सो कार्यशालाले स्थानीयस्तरमा रहेको रैथाने बालीहरुको संरक्षण र बजार प्रवर्धन गर्न सिंजाका स्थानीयलाई निकै सहयोग पु¥याउने गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । बजारमा पाइने खानेकुरा भन्दा स्थानीय स्तरमै उत्पादनबाट बनेका विभिन्न प्रकारका परिकारका खानेकुरामा सबै ध्यानजान नससकेको अध्यक्ष धितालको भनाइ छ ।

बालवालिकाहरुको शारिरिक तथा मानसिक वृद्धिको विकासमा टेवा पुग्ने भएकाले रैथाने बालीबाट उत्पादन हुने खाद्यवस्तुलाई आफ्ना बच्चालाई खानाका रुपमा अभिभावकले सदुपयोग गर्नुपर्ने उपाध्यक्ष सितली रोकायाले बताउनुभयो ।

रैथाने बालीबाट धैरै परिकार बनाउन सकिने भएकोले यसलाई स्वच्छ र सफा बनाई खाने कुराहरुको सरसफाइदेखि किचन र घर आँगनको सरफाईमा ध्यान दिनुपर्ने सिंजा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताउनु भयो ।

समुदायिक र व्यक्तिगत सरफाईलाई विषेश ख्याल राखेर यहाँका नागरिकलाई स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रम गरेर अघि बढ्ने स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाइ छ ।

उक्त चारदिने तालिमबाट फर्सिको अचार,आलु र चिउराको पुल्ड, फापरको केक, कोदोको केक, फर्सिको केक र रैथाने बालीबाट उत्पादन हुने विभिन्न परिकार तालिका सहभागीले बनाएका थिए । रैथाने बालीको संरक्षण र बजार प्रवर्धनका लागि पालिकाले कृषि विज्ञसंग सहकार्य र समन्वयको माध्यमबाट काम गरिएको सिंजा गाउँपाकिाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?