बेइजिङमा नेपाल-चीन बिजनेस समिट आयोजना हुने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) को संयुक्त आयोजनामा बेइजिङमा नेपाल-चीन बिजनेस समिट हुँदैछ । द्विपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले समिट आयोजना हुन लागेको हो । समिट आइतबार सिसिपिआइटीको मुख्यालय बेइजिङमा आयोजना हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने उक्त समिटमा एक सय २० चिनियाँ कम्पनीका व्यवसायी र नेपालबाट महासंघसहित करिब ५० जना व्यवसायीको सहभागिता रहने महासंघले जनाएको छ ।

उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समिटमा एक सय २० चिनियाँ कम्पनीका व्यवसायीको सहभागिता रहनेछ । नेपालतर्फबाट महासंघ पदाधिकारीसहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदैछन् । समिटमा चीन सरकारका उच्चपदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीको पनि सहभागिता रहने बताइएको छ । पूर्वबिजनेस टु बिजनेस बैठक पनि राखिएको समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका विषयमा आप्mनो धारणा राख्नुहुनेछ । नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष ढकालले बताउनुभयो । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडिरेसन अफ इण्डियन इण्डष्ट्रीसँगको सहकार्यमा नेपाल-भारत बिजनेस समिट आयोजना गरिएको थियो ।

भ्रमण टोलीमा इप्पान पदाधिकारी पनि
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण दलमा सहभागी हुन ऊर्जा उद्यमी चीन प्रस्थान गरेका छन् । असोज १३ गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इप्पान) अध्यक्ष गणेश कार्की र उपाध्यक्ष रामप्रसाद आचार्य चीन प्रस्थान गर्नुभएको हो । वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, उपाध्यक्ष आनन्द चौधरी र उत्तम भ्लोन लामाले उहाँहरूलाई बिदाइ गरेका थिए ।

नेपालको ऊर्जा क्षेत्रमा ठूलो लगानीको खाँचो रहेकाले चीन भ्रमणका क्रममा इप्पानले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अध्यक्ष कार्कीले बताउनुभएको छ । निजी क्षेत्रबाट चीनमा विद्युत् व्यापारका लागि पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । दुई देशबीच विद्युत् व्यापारका लागि अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई जोड दिन इप्पानले प्रधानमन्त्रीलाई आग्रह गर्नेछ । अध्यक्ष कार्कीका अनुसार नेपालले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित ऊर्जा विकास मार्गचित्र २०३५ सार्वजनिक गर्ने तयारी गरिरहेका सन्दर्भमा ठूलो लगानीको खाँचो पर्नेछ । त्यसैले इप्पानले नेपालमा चिनियाँसहित उनीहरूको सम्पर्कमार्फत् आउन सक्ने सम्भावित लगानीका लागि पनि चिनियाँ पक्षसँग छलफल गर्नेछ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारी र विभिन्न निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रधानमन्त्री दाहालले चीन भ्रमण पनि भारत भ्रमण जस्तै ऊर्जाको व्यापार र लगानी प्रवद्र्धनका लागि ऐतिहासिक हुने बताउँदै आउनुभएको थियो । चीनसँग पनि विद्युत् व्यापार सम्झौता हुनसक्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?