करणलाई ‘भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि

Read Time = 1 min

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-४’ उपाधि करण राईले जित्नुभएको छ । हिमालय टेलिभिजनबाट प्रसारण भैरहेको यो कार्यक्रमको शुक्रबार अबेर राति सम्पन्न ग्राण्ड फिनालेमा टीम राजु लामाको तर्फबाट करण राईले उपाधि जित्नुभएको हो ।

उपाधि जितेसंगै गायक राईले सांगीतिक करिअरलाई निरन्तरता दिन अझै मिहिनेत गर्ने प्रतिक्रिया दिनुभएको छ ।

गायक राईले उपाधिसंगै नगद २५ लाख रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गर्नुभएको छ । राईले नगद २५ लाखसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गर्नुभएको छ ।

टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित हुनुभयो ।

यस्तै टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप हुँदा टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बन्नुभयो। दर्शकले दिएको मतको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?