लागु औषध कारोबारमा संलग्न १३ जना पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले लागु औषध कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गत २४ गते सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका लाक्पा शेर्पालाई पक्राउ गरी अनुसन्धान गर्दा थप १३ जना पक्राउ परेका हुन् ।

अनुसन्धान गर्दै जाँदा विभिन्न मार्गबाट लागूऔषध भित्र्याई ओसार पसार, भण्डारण, विक्रि वितरण गर्ने कार्यमा संलग्न १३ जनालाई पक्राउ गरिएको हो ।  बुप्रेनोर्फिन, डाइजेपाम र फेनरागन २०,३०० एम्पुल,  नाइट्राभेट १२,९५० ट्याबलेट र नगद ४ लाख ५ हजार सहित नियन्त्रणमा लिई लागूऔषध नियन्त्रण व्यूरोबाट थप अनुसन्धान भइरहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?