प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बालुवाटारमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहीबार बिहान पुग्नुभएका अध्यक्ष ओली र प्रधानमन्त्रीबीच सत्तारुढ गठबन्धनमा देखिएका आशंका मेटाउने विषयमा छलफल भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चा चलिरहँदा प्रधानमन्त्री र ओलीबीच केही सातायता बाक्लै भेटवार्ता भइरहेका छन् ।

सरकार गठनताका एमालेबाट राष्ट्रपति बनाउने सहमति भएको बताइए पनि माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउने निर्णय गरेको छ । जसकारण एमाले सशंकित बन्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?