क्रिकेटर बोहरा सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

बैतडी । क्रिकेटर दीपक बोहरालाई गृहजिल्ला बैतडीमा सम्मान गरिएको छ । हालै युएईमा सम्पन्न एसिया छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्दै सन् २०२४ मा हुने आइसिसी यू-१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । उक्त नेपाली टोलीको सदस्य बोहरा पनि हुनुहुन्थ्यो ।

बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले सम्मान गरेको हो । उहाँ उक्त एकेडेमी तथा क्लबमा आबद्ध हुनुहुन्छ ।

बैतडीजस्तो विकट क्षेत्रबाट राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै विश्वकपमा पुर्‍याउन योगदान गरेको भन्दै उहाँलाई सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो ।

दीपकलाई खादा, अबिर र प्रमाणपत्रसहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बैतडी जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष रमेशबहादुर बोहरा, निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डिलाइट बोहरा, निंग्लाशैनी मन्दिरका भण्डारी चक्रबहादुर बोहरालगायतको उपस्थिति थियो । युएईमा बोहराले ३ खेल खेल्नुभएको थियो । ।

बोहरा दशरथचन्द नगरपालिका-२ देहिमाडौंमा विसं २०६१ पुस ११ मा जन्मिनुभएको थियो । सानैदेखि क्रिकेटमा रुचि राख्ने उहाँले धुले मैदानबाट क्रिकेट खेल्न सुरु गर्नुभएको थियो । उहाँ मध्यक्रमका ब्याटर हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?