काठमाडौं । फुट-टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको सहभागिता रहने यो प्रतियोगिताका खेलहरू पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा हुनेछन् ।
आयोजक लेट्स प्ले स्पोर्टले प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गराएको छ । प्रतियोगिताका खेलहरू जेठ ५ गतेदेखि प्रत्येक शनिबार सञ्चालन हुनेछन् । जसअन्तर्गत पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेलहरू सञ्चालन हुनेछन् ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितासँगै फुटसलका प्रतिभाहरूको प्रस्तुतिसहितको फ्रिस्टाइल स्किल च्यालेञ्ज पनि आयोजना हुनेछ । जसमा फुटसलमा विशेष कला भएकाले प्रस्तुति गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिनेछ । प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि यो पटक सहभागी कम्पनीहरूमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ ।
विशाल ग्रुपका अनेक बदमासी, अनुसन्धानको
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच