खोटाङ । खोटाङमा वनमा लागेको डढेलोले एकै व्यक्तिको दुई घर जल्दा दश लाख बराबरको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम डाँडाखर्कका बकसे बस्नेतको दुईवटा घर र एकवटा गुवाली जल्दा १० लाख बराबरको क्षति भएको हो ।
बुधबार दिउँसो साढे दुई बजे दुर्छिमको आमकासुकसे सामुदायिक बनमा लागेको आगो अचानक हावाले उडाई ल्याउँदा बस्नेतको ढुंगा र माटोले बनेको फुसको छानो भएको दुई तल्लाको दुई वटा घर र काठले बनेको गाईबस्तु राख्ने एकवटा गुवाली पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगोले दुईवटा घरमा भएको लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद १ लाख, सुन ४ तोला, चाँदी २ तोला र गुवालीमा रहेको गाईको बाछी १ वटा तथा १ वटा बाख्रा पूर्णरुपमा जलेको छ ।
आगोलाई स्थानीय र प्रहरीले साँझ ६ बजेर ४० मिनेटमा नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच