एजेन्सी । झुठो समाचार फैलाएको आरोपमा रुसका एक पत्रकारलाई ६ वर्षको जेल सजाय सुनाइएको छ । पत्रकार मारिया पोनोमारेन्कोलाई साइबेरियाको बर्नौलको अदालतले गलत समाचार फैलाएको भन्दै ६ वर्षको जेल सजाय सुनाएको हो ।
रुसी लडाकु विमानले युक्रेनको थिएटरमा गरेको घातक हमलाको बारेमा मारियाले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । यसअघि उहाँलाई पाँच वर्षसम्म पत्रकारिताका गतिविधिमा पनि रोक लगाइएको थियो ।
पोनोमारेन्कोलाई गत अप्रिलमा हिरासतमा राखिएको थियो । गत मार्चमा मारियुपोल थिएटरमा बम विष्फोट हुँदा सयौं सर्वसाधारणको मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच