पूर्वस्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गर्नुभएको छ ।

डा श्रेष्ठको आज बिहान उपचारका क्रममा निधन भएको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?