बारामा ११ फागुनदेखि हात्तीपाइले रोगविरुद्ध विशेष अभियान

फाइल तस्बिर

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । मधेश प्रदेशको बारा जिल्लामा आगामी फागुन ११ गतेदेखि हातीपाईले रोग विरुद्ध विशेष अभियान संचालन हुने भएको छ ।

फागुन ११ गते देखि स्वास्थ्य कर्मी परिचालन गरी हातीपाइले रोग विरुद्ध औषधी खुवाउने अभियान संचालन गर्न लागिएको हो ।

मधेश प्रदेशमा भएका आठ वटा जिल्ला मध्ये बारा मात्र हातीपाइले रोगको उच्च जोखिममा रहेकोले विशेष अभियान मार्फत हातीपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको स्वास्थ्य कार्यालय कलैया बाराको भेक्टर कन्ट्रोल निरीक्षक तेजनारायण सिहले बताउनुभयो ।

हाती पाइले रोग विरुद्ध आम औषधी अभियान सम्बन्धि पत्रकार स“गको अन्तरक्रिया कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै सिहले अभियानमा २ वर्ष देखि सबै उमेर समूहका व्यक्तिहरुलाई हातीपाइले रोग विरुद्धको औषधी खुवाइने बताउनुभयो ।

यस अघि महिला स्वयंसेविका मार्फत औषधी खुवाउने गरिएकोमा यो वर्ष देखि स्वास्थ्यकर्मीलाई परिचालन गरी स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधी सेवन गराइने उहाँले जानकारी गराउनुभयो ।

औषधि नखाने व्यक्तिमा हातीपाईले रोग हुने सम्भावना धेरै हुने भएकोले औषधि खान नछुटाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य कार्यालय बाराले सोमबार बाराको सदरमुकाम कलैया स्थित एभरेष्ट लजमा आयोजना गरेको पत्रकारस“गको अन्तरक्रिया कार्यक्रममा सिहले हातीपाईले रोग विरुद्धको औषधि खादा कुनै प्रकारको क्षति शरीरलाई नहुने जानकारी गराउनुभयो ।

संचारकर्मीहरुका लागी आयोजित कार्यक्रममा जिल्लामा ६ सय हातीपाईले रोगी रहेको जानकारी गराउनुभयो ।

लामखुट्टेको टोकाइबाट सर्ने हातीपाईले रोग औषधीको सेवनले नलाग्ने उहा“ले बताउनुभयो । बारा जिल्ला हातीपाईले रोगको उच्च जोखिममा रहेको उहा“ले भन्नुभयो, ‘दुई बर्ष देखि सबै उमेर समूहका व्यक्तिहरुलाई हातीपाईले रोग विरुद्धको औषधि खुवाईने छ । फागुन ११ गतेदेखि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरि जिल्ला भरि हातीपाईले रोग विरुद्धको औषधि खुवाईने छ । औषधि खाएमा कुनै असर भए खुशी हुनु बरु, निरास नहुनु पछि यो, जिवाणुले १० बर्ष देखी १५ बर्ष भित्रमा अचानक कुरुप, अपाङ्ग तथा अशक्त बनाएर देखापर्ने भएकाले औषधि नखाने कुनै ब्यक्ति नछुटाउन सबै सञ्चारकर्मी मार्फत उहा“ले आग्रह गर्नुभयोे ।’

हातीपाईले रोग विरुद्धको औषधि खा“दा कुनै प्रकारको क्षति शरीरलाई नहुने उहा“ले दावी गर्नुभयो । मुलुकको ७७ जिल्ला मध्ये १३ जिल्लामा यो रोग देखा परेको कार्यक्रममा बताएको छ । सय जना मानिस मध्ये सरदर १३ जनामा हात्ती पाईले रोग लागेको पाईको छ । तराईको जिल्लामा ४० प्रतिशत यसको रोगी भेटिएको छ । यो रोग निवारण गर्न सन २००३ मा पर्सा जिल्लाबाट अभियान शुरु गरिएको सिहले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाराले आयोजना गरेको हातीपाइले रोग विरुद्ध आम औषधी खुवाउने अभियान २०७९ कार्यक्रममा चन्दन कुशवाहा, सुनिता फुयाल, ध्रुवचन्द्र जोशी लगायत जिल्लाका बिभिन्न सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?